अखिल क्रान्तिकारीका महासचिव चलाउने १७ दिनपछि  रिहा, सम्मेलनस्थल दाङ पुगे

अखिल क्रान्तिकारीका महासचिव चलाउने १७ दिनपछि  रिहा, सम्मेलनस्थल दाङ पुगे

  • सोमवार, फाल्गुन २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

२८ फागुन,काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव दिपेन्द्र चलाउने रिहा भएका छन् । संगठनको राष्ट्रिय सम्मेलनको तयारीकै बेला चलाउनेलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका महासचिव चलाउनेमाथि सार्वजनिक मुद्दा लगाइएको थियो । सर्वोच्‍च अदालतको अादेशमा प्रहरीले उनलाई १७ दिनपछि सोमबार रिहा गरेको हो ।

संगठनको २१ औ राष्ट्रिय सम्मेलन दाङमा जारी छ । अाइतबारदेखि सुरु भएको सम्मेलनको अाजबाट बन्दसत्र सुरु भएको छ ।

भावी अध्यक्षको रुपमा हेरिएका महासचिव चलाउने रिहा भएलगत्तै सम्मेलनस्थल दाङतिर लागेका छन् । यात्रमा रहेका महासचिव चलाउनले अाफू राती नै दाङ पुग्‍ने र भोलि विहानबाट सुरु हुने बन्दसत्रमा सहभागी हुने जानकारी दिएका छन‍् ।

उता जारी सम्मेलनको बन्दसत्र सुरु भएको छ । विहान १० बाट सुरु भएको बन्दसत्रले विधान र प्रतिवेदनको अध्ययनको लागि १० वटा समूह विभाजन गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएलगत्तै जनयुद्धकालिन प्रहरी ब्यूत्याएर नेकपाका नेता कार्यकर्तामाथि धरपकड र गिरफ्तारी बढाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ