विमान दुर्घटनामा २२ नेपालीको मृत्यु ,१० जनाको उपचार हुँदै

विमान दुर्घटनामा २२ नेपालीको मृत्यु ,१० जनाको उपचार हुँदै

  • सोमवार, फाल्गुन २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा कम्तिमा २२ नेपालीको ज्यान गएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार अहिलेसम्म २२ नेपालीले ज्यान गुमाइसकेका छन् ।

विमानमा सवार ३३ नेपालीमध्ये अहिले १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार धापासीस्थित ग्रान्डी अस्पतालमा चारजनाको उपचार भइरहेको छ ।

त्यसैगरी थापाथलीस्थित नर्भिक अस्पतालमा तीनजनाको उपचार जारी छ । काठमाडौँ मेडिकल कलेजमा २ जना, बाँसबारीस्थित न्यूरो अस्पतालमा एकजनाको उपचार भइरहेको छ । अर्का एकजनाको भने अवस्था खुल्न नसेको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जानकारी गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ