घोडाघोडी नगरपालिकाका मेयर चौधरीकाे खुट्टा र कम्मरमा गोली प्रहार: टाउकामा खुकुरी, अवस्था गम्भिर

घोडाघोडी नगरपालिकाका मेयर चौधरीकाे खुट्टा र कम्मरमा गोली प्रहार: टाउकामा खुकुरी, अवस्था गम्भिर

  • सोमवार, फाल्गुन २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

२८ फागुन,काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएकाे छ  । सोही नगरपालिका निवासी राधा चौधरीलाई बोक्सीको अारोपमा ६ घण्टासम्म यातना दिँदा समेत रमिते बनेको अारोप लागेको थियो ।

मेयर ममताप्रसाद चौधरीले अझैसम्म घटनास्थलमा नपुगेको बताएका थिए ।अज्ञात समूहको आक्रमणबाट चौधरी घाइते हुनुभएको छ ।

नगरपालिकाको सुख्खड बजारस्थित उहाँकै निवासमा गएको अज्ञात समूहले आज साँझ उहाँमाथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँको खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकामा खुकुरी प्रहार भएको छ ।

नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ