पाइलटले अटेरी गर्दा दुर्घटना भयो : विमानस्थलका महाप्रबन्धक क्षेत्री

पाइलटले अटेरी गर्दा दुर्घटना भयो : विमानस्थलका महाप्रबन्धक क्षेत्री

  • सोमवार, फाल्गुन २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं २८ फागनुन ।

त्रिभुवन अन्तरार्ष्िट्रय विमानस्थलले बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरक तिरबाट अवतरण गर्न खोज्दा दुर्घटना भएको जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानका पाइलटले अटेरी गर्दा उक्ता दुर्घटना भएको बताउनु भएको छ ।

विमान दुर्घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले एअर ट्राफिक कन्ट्रोलरले दक्षिण तर्फदेखि अवतरण गर्न पटकपटक निर्देशन दिएका दिएपनि पाईलटले उत्तरदेखि अवतरण गर्न अनुमति मागेको बताउनु भयो ।

विमान उत्तर पूर्व्तिर गएपछि फेरि एअर ट्राफिक कन्ट्रोलरले चालकलाई विमानको एलान्मेन्ट मिलेन भनेर जानकारी गराएसंगगै विमान आर्मी ह्याङगरतिर गएर ठोक्कीएको उहाको भनाई छ ।

यस्तै, युएस बंगलाको दुर्घटनाग्रस्त विमानको ब्ल्याकबक्स भेटिएको विमानस्थलले जनाएको छ ।

दुर्घटनाको अनुसन्धनका लागि महत्वपूर्ण मानिने ब्ल्याक बक्स भेटिएको र थप अनुसन्धान जारी रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ