यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुग्यो:नेपाली यात्रुमध्ये धेरैजसो ट्राभल एजेन्सीका कर्मचारी

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुग्यो:नेपाली यात्रुमध्ये धेरैजसो ट्राभल एजेन्सीका कर्मचारी

  • सोमवार, फाल्गुन २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ , २८ फागुन ।

बंगलादेशको ढाकाबाट काठमाडौंका आएको यूएस बगंला विमान दुर्घटनामा परी ४६ जनाको मृत्यु भएको छ ।

अवतरणको क्रममा रहेको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेटमा रनवे मा दुर्घटनामा परेको हो ।
दुर्घटना परी अहिलेसम्म ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।
दुर्घटनास्थलबाट नै स्थलमा २८ जनाको शव संकलन गरिएको छ । अन्यको उपचारका क्रमका मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो ।
मृतकको संख्या अझै बढ्न सक्ने उहाँले बताउनु भयो ।

घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

 

९० डिग्रि मोडिएर राजधानीको चावहिलबाट ल्याण्ड भएको बिमानमा एकै पटक आगोको मुस्लो देखिएको थियो । आगलागी नियन्त्रणमा आएको अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानमा चालक दलका सदस्यसहित ७६ यात्रु सवार रहेको बताईएको छ ।

 

दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ । उनीहरु मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए ।

उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए ।

यसैगरी योङ ट्राभलमा कार्यरत कर्मचारी सजना देवकोटाको पनि निधन भएको बताइको छ ।

यसैबीच युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुग्नुभएको छ ।

गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन जुटाउन निर्देशन दिँदै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

साँझ ४ बजेका लागि तोकिएको मन्त्रिपरिषद्को बैठक स्थगन गरी प्रधानमन्त्री ओली विमानस्थल पुग्नुभएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ