अखिल (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन दाङमा शुरु

अखिल (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन दाङमा शुरु

  • आइतवार, फाल्गुन २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

२७ फागुन,दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन दाङमा शुरु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको उद्घाटन भएको छ ।

दाङको घोराहीमा सम्मेलनका कार्यक्रम शुरु भएको छ । विशाल र्‍यालीले घोराही बजार परिक्रमा गरेको थियो ।

देशभरबाट सम्मेलनका सबै प्रतिनिधि र पर्यवेक्षक सम्मेलनस्थल आइपुगिसकेको जानकारी विश्वकर्माले दिए ।

सम्मेलन बिथोल्ने उद्देश्यले संगठनका महासचिव दीपेन्द्र चलाउनेलाई यही फागुन ११ गते काठमाडौंबाट प्रहरीले गिरफ्तार गरी हिरासतमा राखिएको छ । हाल महासचिव चलाउने कमलपोखरीस्थित प्रहरी वृत्तको हिरासतमा छन् ।

‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २१औं राष्ट्रिय राष्ट्रिय सम्मेलन’ मुख्य नारासहित सम्मेलन सम्पन्न हुँदैछ ।

तीन दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्वको चयन गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ