काठमाण्डाै, २६ फागुन ।
फेसबुकमा सामाजिक सञ्जालमा सुसाइट नोट लेखेर बझाङका रेडियो पत्रकार गोविन्द बोहराले आत्महत्या गरेका छन् । अाज शनिबार बिहान काठमाडौंको सुन्दरीजलमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
प्रसारणको तयारीमा रहेको रेडियो केदारको कोषाध्यक्ष तथा कार्यक्रम सञ्चालक रहेका बोहरा यसअघि बझाङकै रेडियो सेतीमा कार्यरत थिए।
रेडियो स्थापनाकै सिलसिलामा २ महिनाअघि काठमाडौं गएका बोहरा काठमाडौंबाट सञ्चालन हुने अहाखबर डटकम अनलाइनमा पनि काम गरिरहेका थिए। उनले शुक्रबार साँझ आफ्नो फेसबुकवालमा आमाबुवालाई सम्बोधन गर्दै ‘उहाँहरुको इच्छा पूरा गर्न नसकेकोमा माफी मागेर नयाँ यात्रा तय गरेको’ लेखेका थिए।
जिल्लाका प्रताप ओलीको डेरामा बस्ने गरेका बोहरा केही दिनयता आर्थिक समस्याको कारणले तनावमा रहेको ओलीले बताएका छन्। शुक्रबार दिउँसो १ बजेतिर कोठाबाट बेपत्ता भएका बोहराले साँझ ८ बजेतिर आफू आत्महत्या गर्न लागेको भनेर मोबाइल म्यासेज पठाएको ओलीले जानकारी दिए। बोहराका श्रीमती र २ वर्षका १ छोरा छन्।
यसअघि अछामका पत्रकार खकेन्द्र नेपालीले सामाजिक सञ्जालमा सुसाइट नोट लेखेर हप्ता दिन अघि आत्महत्या गरेका थिए।
बचाउन सकिन्थ्यो
बोहराले आफू आत्महत्या गर्न लागेको म्यासेज गरेपछि ७ बजेतिर आफूले प्रहरीलाई खबर गरेको प्रताप ओलीको भनाइ छ। प्रहरीले उनको मोबाइलमा फोन गर्दा सम्पर्क भए पनि उनले फोन उठाइरहेका थिएनन्। ‘मोबाइल र फेसबुक चलेको आधारमा उनको लोकेसन पत्ता लगाइदिनका लागि मैले विभिन्न ठाउँमा प्रहरीलाई खबर गरेँ’ ओलीले भने, ‘प्रहरीले अदालतको आदेशबिना उनको मोबाइल ट्रयाक गर्न नमिल्ने भनेर पन्छिए। राति ११ बजेसम्म फोनमा सम्पर्क भइरहेको थियो। ११ बजेतिर अफ भयो’ तत्काल लोकेसन पक्ता लगाउन सकेको भए उनलाई बचाउन सकिन्थ्यो।’
-कान्तिपुरबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline