काठमाडौ २६ फागुन ।
अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि सूर्य्विनायक सम्मको छ लेन सडकखण्डमा पाँच वर्षमा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएको छ ।
महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्यांक अनुसार सो अवधिमा चार हजार ६६२ सवारीसाधन दुर्घटना हुँदा १०६ गम्भीर घाइते र एक हजार ६१९ सामान्य घाइते भएका छन् ।
चालू आर्थिक वर्षको फागुन महिनाभित्र मात्र १७ जनाको मृत्यु भइसकेको छ । चारदोबाटो, सूर्य्विनायकलगायत स्थानमा दिनहुँ दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । दुर्घटना हुनेमा तीव्र गतिमा चल्ने ट्रक, टिपर र मोटरसाइकल बढी छन् ।
पर्याप्त सडकबत्ती नहुनु, ठिमी चोकमा ट्राफिक लाइट नहुनु, आकाशेपुल चोकदेखि पर हुनु, चारदोबाटोमा वारपार गर्ने सवारीसाधनका लागि आकाशे पुल नहुनु र सवारीसाधन मापदण्डभन्दा तीव्र गतिमा चलेका कारण बढी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline