बैंकर्स संघको निर्णय :एनआइसी एसियासँग अन्तरबैंकिङ कारोबार नगर्ने 

बैंकर्स संघको निर्णय :एनआइसी एसियासँग अन्तरबैंकिङ कारोबार नगर्ने 

  • शुक्रबार, फाल्गुन २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, फागुन २५ । नेपाल बैंकर्स संघले एनआइसी एसिया बैंकसँग कुनैपनि किसिमको अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको छ ।

संगठितरुपमा गरेको निर्णयलाई एनआइसी एसिया बैंकले नमानी बैंक ब्याजदर बढाएको भन्दै संघले एनआइसी एसिया बैंकसँग अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको हो ।

हालै एनआइसी एसियासहितको बैठकमा संघले बचत खातामा ८ र मुद्दति खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेको थियो ।

सो सहमतिविपरीत एनआइसी एसियाले बचतमा १० र मुद्दतिमा १२ प्रतिशत ब्याज दिएपछि संघले यस्तो निर्णय लिएको हो ।

एनआइसी एसिया बैंकले भने ब्याजदर तोक्ने अधिकार बैंकर्स संघलाई नभएको जनाएको छ ।

एनआइसी एसिया बैंकले पछिल्लो समय जथाभावी ऋण प्रवाह अत्यधिक गरेसँगै निक्षेप संकलनका लागि दबाब परेको छ । यसले ऋणीहरुमा पनि असर परेको बताइएको छ ।

पछिल्लो समय बैंक सन्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच मतभेद बढेको पनि बुझिएको छ ।

१८० शाखा पुर्‍याएर २०० शाखा पुर्‍याउने भन्दै लागिपरेका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल लामो बिदामा बस्नु सन्चालक समितिसँगको विवाद नै मुख्य कारण भएको बुझिएको छ ।

केही समयअघि कर्मचारीहरुकै मिलेमतोमा ‘स्वीफ्ट ह्याक’ गरी ४१ करोड रुपैयाँ निकालेको विषय पनि बैंकले अझै समाधान गरी रकम फिर्ता लिन सकेको छैन ।

यस्तै, बैंककोे विज्ञापनलगायत सन्चालन खर्च पनि अत्यधिक हुन गएको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ