आफूलाई ‘भोलेबाबा’ बताउदैँ ‘बोक्सी’ काे अाराेप लगाउँदै ‘६ घन्टासम्म’ युवतीमाथि निर्घात् कुटपिट

आफूलाई ‘भोलेबाबा’ बताउदैँ ‘बोक्सी’ काे अाराेप लगाउँदै ‘६ घन्टासम्म’ युवतीमाथि निर्घात् कुटपिट

  • शुक्रबार, फाल्गुन २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

कैलाली, फागुन २५ ।

कैलालीको घोडाघाडी नगरपालिका–५, देउकलीमा आफूलाई ‘भोलेबाबा’ भन्ने रामबहादुर चौधरीले स्थानीय २० वर्षीया राधा चौधरीलाई बोक्सी भन्दै भन्दै निर्घात कुटपिट गरेका छन् ।

बिहीबार ‘बोक्सी’ भन्दै निर्घात् कुटिएकी राधाको पेट, छाती, टाउको, खुट्टा, घाँटी, नाक, कानलगायत शरीरका अरु भागमा चोट लागेको छ । राष्ट्रिय कलेजमा आइएमा अध्ययनरत्  उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

‘बिहान आँगन सफा गर्दै थिएँ, एक्कासि ५ / ७ जना मानिसहरु आएर मलाई जबर्जस्ती बाबा भएको ठाउँमा पुर्‍याए’–राधाले भनिन्–‘उनले ममाथि जाई लागेर कुट्न थाले ।’

‘म बोक्सी होइन, मलाई नकुट्नोस् भन्दा त्यहाँ रमिता हेरेर बस्नेहरुकाअगाडि मेरो शरीरका संवेदनशील अंगहरुसहित शरीरका अन्य भागमा निर्घात् प्रहार गरियो’–उनले भनिन्–‘मलाई नकुट भन्ने त्यहाँ कोही भएन । मैले निरन्तर ६ घन्टासम्म कुटाइ खाइरहें ।’

घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सुखडले पक्रेर ल्याएका रामबहादुरलाई छुटाउन सयौंको संख्यामा स्थानीयहरु प्रहरीकहाँ पुगेका थिए ।

प्रहरीले घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरीलगायतको रोहबरमा रामबहादुरलाई छाडेको सुखडका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक दिनेश विष्टले बताए ।

कुनै समयमा साइकलमा भारतीय बजारबाट समान ल्याएर घरघर डुलेर व्यापार गर्ने रामबहादुरले ‘आफूलाई दैवी शक्ति प्राप्त भएको’ भन्दै गाउँमै झारफुक गरेर बस्न थालेको स्थानीयहरुले बताएका छन् ।

उनले राष्ट्रिय कलेज सुखडमा आइएसम्मको अध्ययन गरेर बीचमै पढाइ छाडेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ