करिडोर प्रशारण लाइन निर्माणका लागि प्राधिकरणद्वारा पहल

करिडोर प्रशारण लाइन निर्माणका लागि प्राधिकरणद्वारा पहल

  • शुक्रबार, फाल्गुन २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

पाँचथर, २५ फागुन ।
नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणको पहल शुरु गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङलगायतको उच्चस्तरीय टोलीले पाँचथरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको छलफलमा आयोजनाको काम तीव्ररुपमा अघि बढाउन आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको हो ।

केही समयभित्रै करिब १०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भए पनि प्रसारण लाइनको अभावमा समस्या उत्पन्न भएकाले प्रधिकरणले चासो व्यक्त गरेको हो ।

उक्त करिडोरको पहिलो खण्डको काम सकिए पनि दोस्रो र तेस्रो खण्डको काम अगाडि बढ्न सकेको छैन । झापाको दमकदेखि पाँचथरको अमरपुरसम्म कूल ९१ किलोमिटर लामो उक्त प्रसारण लाइनको थ्री थुम्का गोदक र गोदक अमरपुर खण्डको काम रोकिँदै आएको छ ।

प्रसारण लाइन निर्माणमा वन क्षेत्रको जग्गा प्रयोग र मुआब्जा वितरणमा स्थानीयवासीले अवरुद्ध गरेपछि आयोजना रोकिँदै आएको हो ।
जिल्लास्थित सरकारी अधिकारीसँग गरेको छलफलपछि आयोजनाको काम अगाडि बढ्ने विश्वास प्राधिकरणको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजना तत्काल अगाडि बढाउन प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई आग्रह गर्नुभयो ।

कार्यकारी निर्देशकको आग्रहपछि अधिकारीले आफ्नो तर्फबाट सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई सम्पन्न गर्न सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले स्थानीय प्रशासन र स्थानीयवासीले सहयोग गरे आयोजना तोकिएकै समयमा पूरा हुने विश्वास व्यक्त गर्नुभयो । निर्माण व्यवसायी ज्यागुर एण्ड स्टर जेभीले तोकिएको समयमा काम नगर्दा आयोजनाको म्याद दुई पटक थपिसकेको छ । आयोजनाको कूल लागत रु तीन अर्ब ५८ करोड रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी