नदीमा मानवीय चाप घटाउन माछापालन कार्यक्रम शुरु

नदीमा मानवीय चाप घटाउन माछापालन कार्यक्रम शुरु

  • शुक्रबार, फाल्गुन २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

चितवन, २५ फागुन ।
चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा माछापालन कार्यक्रम शुरु भएको छ ।
राप्ती र नारायणी नदीमा मानवीय चाप घटाउन राष्ट्रिय प्रकृति संरक्षण कोष र हिमालयन नेचरको सहकार्यमा कार्यक्रम शुरु भएको हो ।
राप्ती र नारायणी नदीमा माछा मार्ने क्रम घटाइ स्थानीयवासीलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत निकुञ्जको मध्यवर्ती क्षेत्रको चितवन र नवलपरासीका विभिन्न स्थानमा माछापालन कार्यक्रम शुरु गरिएको हिमालयन नेचरका परियोजना प्रमुख प्रवीन श्रेष्ठले जानकारी दिनुभयो ।
चितवनको जगतपुरस्थित केरुङग मध्यवर्ती क्षेत्रको दुईवटा ठाउँ तथा नवलपुरको पिठ््र्याैली र देवचुलीको तीनवटा ठाउँमा माछापोखरी निर्माण गरी स्थानीयवासी विपन्न समुदायलाई सहभागी गराउन थालिएको हो । यस क्षेत्रमा बोटे, माझी र मुसहर समुदायलाई केन्द्रित गरेर माछापालन कार्यक्रम शुरु गरिएको छ ।
चारवर्षे कार्यक्रमअन्तर्गत पहिलोचरणमा पाँच पोखरीका लागि सहयोग गरिएको र पछि अन्य क्षेत्रमा पनि पोखरी निर्माण गरी माछापालन कार्यक्रम सञचालन गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी