वडा कार्यालयमा बम बिष्फोट,स्थानीयहरु त्रसित

वडा कार्यालयमा बम बिष्फोट,स्थानीयहरु त्रसित

  • शुक्रबार, फाल्गुन २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बर्दिया, फागुन २५ । बर्दियाको गुलरिया नगरपालिकाको वडा नम्बर ९ को कार्यालय भवनमा अज्ञात समूहले गएराति करिब ८ बजे बम विस्फोट गराएको छ ।

विस्फोटबाट कार्यालय भवनको फलामे ढोकाको दुईवटा सरियामा क्षति भएको र एक फुटजति ढलान फुटेको छ । ठूलो आवाजमा बम पड्किएको प्रत्यक्षदर्शीको भनाइ छ ।

ठूलो आवाजमा बम विस्फोट भएपछि करबि १० मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो । विस्फोटस्थल नजिकै टिनका पाताहरु भेटिएको प्रहरी सहायक निरीक्षक जनक बुढाले बताए ।

विस्फोटबाट मानवीय क्षति नभए पनि विस्फोटपछि स्थानीयहरु त्रसित बनेका छन् । घटनामा संलग्नहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ