नेकपा निकट अनेम संघ क्रान्तिकारीले इटहरीमा मनायाे ८ मार्च !

नेकपा निकट अनेम संघ क्रान्तिकारीले इटहरीमा मनायाे ८ मार्च !

  • बिहिबार, फाल्गुन २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

नेपाल कम्युनिष्ट पार्टी निकट अनेम संघ क्रान्तिकारी कोशी व्युरो समन्वय समितिको आयोजनामा १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।

सयौं महिलाहरूको सहभागीतामा र्‍याली सहित इटहरीको मुख्य चोक परिक्रमा गरि सभामा परिणत भएको कार्यक्रमलाई संगठनको केन्द्रीय सचिवालय सदस्य तथा कार्यक्रमको प्रमुख अतिथी मनु अछामीले सम्बोधन गर्नु भयो ।

अछामीले ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ऐतिहासिकताको बारेमा चर्चा गर्दै नेपालको सन्दर्भमा यतिबेला यो दिवसलाई महिला मुक्तिका लागि संघर्षको रूपमा आत्मसात गर्नु पर्नेमा जोड दिनु भयो ।

साथै नेपाल कम्युनिस्ट पार्टी माथी यो सरकारले सुरु गरेको दमन बन्द गर्न अपिल गर्दै घोर भत्सर्ना गर्नु भयो । दमनबाट प्रतिरोध संघर्ष निम्त्याउने र प्रतिरोधले क्रान्ती जन्माउने चेतावनी दिनु भयो ।

कार्यक्रमलाई केन्द्रिय सदस्य खड्गा राईले संचालन गर्नु हुँदै वैज्ञानिक समाजवाद अबको हाम्रो बाटो भएको कुरा राख्नु भयो । कार्यक्रम संगठनकि सदस्य सुनिता राईको स्वागत मन्तव्य सहित केन्द्रीय सदस्य तथा मोरङ अध्यक्ष जमुना भण्डारीको अधक्षतामा सम्पन्न भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ