नेकपा र क्रान्तिकारी माओवादी निकट महिलासंघले यसरी मनायो ८ मार्च !

नेकपा र क्रान्तिकारी माओवादी निकट महिलासंघले यसरी मनायो ८ मार्च !

  • बिहिबार, फाल्गुन २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) निकट महिला सङ्गठनले अाज काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटीकामा कार्यक्रम गरि १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संयुक्त रुपमा मनाएका छन् ।

कार्यक्रम सुरु हुनुअघि  शान्तिवाटिकाबाट र्याली निकालिएको थियो । र्याली शान्तिबाटिकाबाट सुरू भएर पुरानो बसपार्क, शहीद गेट, सुन्धारा, न्युरोड गेट, वीर हस्पीटल हुँदै पुनः शान्ति बाटिकामा पुगेर सडकसभामा परिणत भएको थियो ।

महिलाहरु अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भव्य रुपले सफल पारौं, महिलाहरुमाथि हुने सम्पूर्ण उत्पीडनको विरुद्ध संघर्ष गरौं, समान कामको समान ज्याला लागु गर, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर, राज्यसत्ताको सम्पूर्ण अंगहरुमा विशेष अधिकार सहित समानुपातिक प्रतिनीधित्वको ग्यारेण्टी गर, पैत्रिक सम्पत्तिमा विना सर्त समान अधिकारको कानुन बनाई लागु गर, चेलीबेटी बेचविखन पूर्ण रुपमा बन्द गर, आमाको नाउमा नागरिकता पाउने कानुनी व्यवस्थालाई सर्वशुलभ रुपमा लागु गर लगायतका नाराहरु लेखिएको प्लेकार्ड, ब्यानर र झण्डा बोकेर उत्साहका साथ् र्यालीमा सहभागी भएका थिए ।

 

र्यालीपछि गरिएकाे काेणसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपाकी महिला नेतृ सरला रेग्मी लगायतका नेताहरुले सम्बोधन गरेका छन् । नेतृ लक्ष्मी मुडभरीकाे अध्यक्षतामा भएकाे सभाकाे सञ्चालन अनेम संघ क्रान्तिकारीकी  महासचिव धिरिन्द्रा उपाध्ययले  ‘भृकुटी’ गरेकी थिइन् ।

सयौं महिलाहरुको सहभागिता रहेको कार्यक्रममा बक्ताहरुले संबिधानमा सुनिश्चित गरिएको ३३ प्रतिशतअधिकार समेत महिलाहरुले पाउन नसकेको गुनासो गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ