आज अन्तर्रा्ष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

आज अन्तर्रा्ष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

  • बिहिबार, फाल्गुन २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौ ,२४ फागुन ।
आज १ सय ८ औं अन्तर्रा्ष्ट्रिय नारी दिवस दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ । महिला अधिकार आन्दोलनको रुपमा संसारभर हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ ।

दिवसको यस वर्षको नारा ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ः ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने तय गरिएको छ ।

दिवसका अवसरमा आज महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले आर्ज याली गोष्ठी तथा अन्तक्रिया कार्यक्रमको आयोजना गरेका छन् । नेपालमा सन् १९७४ देखि नारी दिवस मनाउन थालिएको हो ।

सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीको अन्तराष्ट्रिय सम्मेलनले हरेक वर्षको आठ मार्चलाई अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो ।

सन् १९५७ मा अमेरिकाको गार्मेन्टमा काम गर्ने श्रमिक महिलाले निश्चित घन्टाको काम हुनुपर्ने माग सहित गरेको प्रदर्शनलाई विश्व महिला आन्दोलनको शुरुवातको रुपमा लिने गरिन्छ ।

महिला अधिकारवादीले नेपालमा महिलाको अवस्थामा अझै अपेक्षित सुधार नआएको भन्दै हक अधिकारको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउँदै आएका छन् । दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसका अवसरमा शुभकामना दिँदै महिलाको हक–अधिकार सुनिश्चित गर्न एकीकृत पहल आवश्यक भएको बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीले यस दिवसले महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्ने उल्लेख गर्नुभएको छ ।

महिलाका सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणका विभिन्न आयाममा भएका उपलब्धिलाई संस्थागत गर्दै उनीहरुको हकअधिकार सुनिश्चित गर्नुपर्नेमा पनि पनि उहाँले जोड दिनु भएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा भएको महिला प्रतिनिधित्व विश्वकै लागि प्ररणादायी भएको बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भीर रहेको बताउनु भयो ।

उहाँले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राख्ने समेत सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ