काठमाडौं, फागुन २३ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाई विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
चापागाइलाई नगरकोटमा जग्गामा मोही छु्टयाउने क्रममा सेवाग्राहीसँग ४ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो ।
उनलाई हदैसम्मको जरिवाना र कैद सजायको माग गरेर विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका दीर्घराज मैनालीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline