दलित भएकै कारण पत्रकार मिलन र विक्रमलाई घर मालिकद्वारा दुर्व्यवहार

दलित भएकै कारण पत्रकार मिलन र विक्रमलाई घर मालिकद्वारा दुर्व्यवहार

  • मङ्लबार, फाल्गुन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

२२ फागुन

काठमाडौँ । दलित भएकै कारण दुई जना क्रियाशिल पत्रकारलाई घर मालिकद्वारा दुर्व्यवहार गरिएको छ । भाडामा लिइको कोठाबाटै निकालिएको छ ।

इमेज च्यानलका पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई काठमाडौँको थापागाउँस्थति घर मालिक श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिएको कोठा अरु दिँदै दुर्व्यवहार गरेका हुन् ।

घटनाबारे जानकारी दिन मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर दुबै जना पत्रकारले घर मालिकले आफूमाथि जघन्य अपराध भएको भन्दै न्यायको प्रहरीको जान लागेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा पत्रकार विक्रम सुनारले घर मालिक गौतम दम्पतीले दुई कोठा अाफूहरुलाई दिएको र त्यसको अग्रिम भाडा दिएर अाफूहरु फर्केको तर सर्ने दिनमा अरुनै बसिसकेको बताए । गौतम दम्पतीसँग कुरा गर्दा उल्टै आफूहरुमाथि दुर्व्यवहार भएको सुनारले जानकारी दिए । “दुई कोठाको ११ हजार पाँच सय भनियो, कतै कोठा नपाएपछि हामी त्यही पनि तयार भयौं । अग्रिम भाडास्वरुप २५ सय दिएर सर्ने तयारी गर्‍यौं । सर्ने दिनमा त अरुनै कोठामा बसिसक्नु भएको थियो । घर मालिक गौतम दम्पतीलाई सोध्दा दलितलाई बस्न दिँदैनौं भन्दै उल्टै दुर्व्यवहार गरियो” विश्कर्माले पत्रकार सम्मेलनमा भने ।

फागुन ५ गते कोठा आफूहरुले लगेको र २० गते सर्नेबेला अरुलाई दिइसकेको उनले बताए । कोठा भाडाको बैना आफूहरुले दिइसकेकोले बस्न पाउनु पर्ने बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डीएसपी र एसएसपी भएको बताउँदै उल्टै धम्की दिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

दलित भएकै कारण आफूहरुमाथि दुर्व्यवहार भएको बताउँदै पत्रकार विश्वकर्मा र सुनारले दलित जातीय छुवाछुत तथा कशुर सजाय ऐन २०६८ अनुसार घर मालिक गौतम दम्पतीलाई कारवाहीको माग गरेका छन् ।

पत्रकार सम्मेलनमा दलित अगुवा तथा अभियान्ता सरु सुनारले राजधानीमै दलित भएकै कारण पत्रकारमाथि दुर्व्यवहार हुनु चिन्ताको विषय भएको बताइन् । उनले पीडित पत्रकारलाई न्यायको लागि आफूहरु कानुनी प्रक्रिया अगाडि बढाएको र त्यसमा साथ सबैसँग अाग्रह समेत गरिन् ।

आजै तीनकुनेस्थित प्रहरी वृतमा उजुरी दिने जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ