उपमहानगरपालिकाका मेयरले राजिनामा नदिए जनकारवाही गर्ने जनपरिषद्को चेतावनी

उपमहानगरपालिकाका मेयरले राजिनामा नदिए जनकारवाही गर्ने जनपरिषद्को चेतावनी

  • सोमवार, फाल्गुन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

२१ फागुन,हेटौडा । नेपाल कम्युनिष्ट पार्टी निकट जनपरिषद् नेपालले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको राजीनामा गर्न चेतावनीसहितको पत्र दिएको छ । मेयर महतले जनताको सेवा गर्नुको साटो भ्रष्टाचारी, कमिशन खोर र दलाल-माफियाहरुको संरक्षणमा लागेको भन्दै जनपरिषद्‍ मकवानपुरले राजिनामा गर्न पत्र दिएको हो ।

नेकपा मकवानपुरका इन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ मार्फत् जनपरिषद्ले मेयर महतलाई राजीनामा माग पत्र बुझाएको हो ।

‘जनतालाई शान्ति सुरक्षा र सुख दिनु पर्नेमा मेयर महतले जनतालाई सास्ती दिने र दलालहरुको संरक्षण गरिरहेकोले राजीनामा मागिएको हो’ इन्चार्ज ज्वालाले बताए । मेयर महतले तत्काल राजिनामा दिएमात्रै नगरवासीको भलो हुने जनपरिषद्ले उपत्रमा उल्लेख गरेको छ ।

परिषद्का मकवानपुर प्रमुख निर्दोष क्षत्रिले हस्ताक्षर गरेको पत्र कार्यालयमै पुगेर अाइतबार महतलाई बुझाइएको हो । महतले एमालेको तर्फबाट मेयरमा विजयी भएका थिए ।

मेयर महतले राजिनामा नदिए जनकारवाहीको चेतावनीको चेतावनी पत्रमा दिइएको छ । जनपरिषद्ले देशैभरीका जनप्रतिनिधिको राजिनामाको माग गर्दै पत्र बुझाउँदै अाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ