अाेलीलार्इ बधार्इ दिन पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउने, यस्तो छ कार्यतालिका

अाेलीलार्इ बधार्इ दिन पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउने, यस्तो छ कार्यतालिका

  • सोमवार, फाल्गुन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, फागुन २१ । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् ।

आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अब्बासीलाई अर्थमन्त्री डा.युवराज खतिवडाले स्वागत गर्नेछन् ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अनर दिइने भएको छ । उनको सम्मानमा नेपाली सेनाको टुकडीले सम्मान गारथ अर्पण गर्ने छ ।

यसअघि त्रिभुवन विमानस्थलकै अति विशिष्ट कक्षमा दिइने यस्तो गार्ड अफ अरन अबदेखि सैनिक मञ्चमा दिइने भएको हो । सो सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको सहभागिता रहनेछ ।

त्यसपछि पाकिस्तानी प्रधानमन्त्री अब्बासी होटल याक एण्ड यतीमा पुग्नेछन् । उनको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोही होटलमा आयोजना गरेको रात्रीभोज सहभागी हुने कार्यक्रम छ ।

सोही होटलमा ओली र अब्बासीबीच भेटवार्तासमेत हुनेछ । भेटमा अब्बासीले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिने र द्विपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ ।

नेपालस्थित पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्तिमा आगामी सार्क सम्मेलन आयोजनाका विषयमा समेत प्रधानमन्त्री ओलीसँग छलफल हुने उल्लेख छ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भोली बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटवार्तापछि उनी स्वदेश फर्कनेछन् । यसबीचमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । तर भेटवार्ताको समय भने तय भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ