भाइ फिर्ता गरिदिन प्रधानमन्त्रीलाई रणबहादुरकाे निवेदन

भाइ फिर्ता गरिदिन प्रधानमन्त्रीलाई रणबहादुरकाे निवेदन

  • सोमवार, फाल्गुन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

 

बैतडी हटैराज–२ गुर्केलीका रणबहादुर चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै पाकिस्तानमा अलपत्र परेका आफ्नो भाइ नरेन्द्रबहादुर चन्द र उनको परिवारको उद्धार गरी नेपाल ल्याईदिन अनुनयविनय गरेका छन् ।

पाकिस्तानको प्रधानमन्त्री शाहिद खाकान अब्बासीको सोमबारबाट सुरु हुने दुई दिने नेपाल भ्रमणका बेला आफ्नो भाइको समस्या राखिदिन अनुरोध गर्दै रणबहादुरले प्रधानमन्त्री ओलीलाई निवेदन लेखेका हुन् ।

‘मेरो भाइ पाकिस्तानको बलुचिस्तानस्थित शरणार्थी शिविरमा बसेको र निजको श्रीमतीको विवाह दर्ता र छोराछोरीको जन्मदर्ता समेत नभएको हुँदा नेपाल ल्याउनका लागि उच्चस्तरीय पहल भएमा मात्र सम्भव हुने पाकिस्तानस्थित नेपाली दूतवासले बताउँदै आएको छ,’ रणबहादुरले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ, ‘आउँदो सोमबार पाकिस्तानका प्रधानमन्त्रीज्यू नेपाल भ्रमणमा आउनुहुने भएकोले सोही अवसरमा मेरो भाइका लागि नेपालका सम्माननीय प्रधानमन्त्रीज्यूले भाइ लगायत स–परिवार स्वदेश फिर्ति गराउने वातावरण मिलाइदिन हुन भनी याचना गर्दछु ।’

रणबहादुरका भाइ नरेन्द्र पाकितानको क्वेटा जेलबाट गत पुस २९ गते रिहा भएका हुन् । लामो समयदेखि गैरकानुनी रुपमा पाकिस्तानमा बसेको भए पनि उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएको भन्दै स्थानीय अदालतले उनलाई पुसमा रिहा गर्ने आदेश दिएको थियो ।

नरेन्द्र १३–१४ वर्षको हुँदा २०४६ मा भागेर भारत पुगेका थिए । त्यसपछि उनी परिवारसँग सम्पर्कविहीन बनेका थिए । त्यसैवर्ष उनी एकजना पाकिस्तानीको साथ लागेर पाकिस्तान पुगेका थिए ।

सुरुमा पाकिस्तानको कराँचीमा बसेका उनी केही वर्षपछि बलुचिस्तान पुगेका थिए । त्यहाँ उनले मुस्लीम धर्म अँगालेर अफगानीस्तानको शरणार्थी युवतीसँग विवाह गरेका थिए । उनको एक छोरा र एक छोरी रहेका छन् ।

नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ