जनताले तिरेको करको चरम दुरुपयोग भएकाले कर नतिर्न नेकपा जनपरिषदको अपिल

जनताले तिरेको करको चरम दुरुपयोग भएकाले कर नतिर्न नेकपा जनपरिषदको अपिल

  • आइतवार, फाल्गुन २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

ललितपुर , २० फागुन ।
नेपाल कम्युनिष्ट पार्टीको ललितपुर जिल्ला जनपरिषदले जनताले तिरेको करको चरम दुरुपयोग भईरहेकाले सरकारलाई दिदै आएको कर नतिर्न अपिल गरेको छ ।
जिल्ला जनपरिषदका प्रमुख ध्रुव अधिकारीले आज बिज्ञप्ती जारी गरि जनताको करमाथि नै भ्रष्टचार हुनुका साथै कमिशन , ठुला नेताहरुको उपचार र मोजमस्तीमा दुरुपयोग भईरहेकाले विभिन्न नाममा सरकारले उठाउँदै आएको कर नतिनै अपिल गरेको हो ।
साथै संसदीय सत्ताको बहिस्कार गरि नयाँ समाजवादी सत्ताको स्थापनामा सहयोग पुर्याउन अपिल गरेको छ ।
देशमा दुईवटा सत्ताका संरचनाहरु अस्तित्वमा रहेको प्रष्ठ पार्दै अधिकारीले नेकपाको जनसत्ताले संसदीय व्यावस्थालाई सुद्ढि र सस्थागत गर्न लादिएको कथित स्थानीय , प्रदेश र प्रतिनिधी सभाको चुनाव शसक्त एवंम् सशस्त्र रुपमा खारेज गर्दै वैज्ञानिक समाजवाद स्थापनाको लागी एकिकृत जनक्रान्ति अगाडि बढाईरहेको बिज्ञप्तीमा जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ