यूरोपमा शीत लहर, मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

यूरोपमा शीत लहर, मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

  • आइतवार, फाल्गुन २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

यूरोप, २० फागुन ।

यूरोपमा पछिल्लो हप्ता देखिएको शीत लहरको प्रभावका कारण मृत्यु हुनेको सङ्ख्या फेब्रुवरी २६ देखि आइतबारसम्म १८ पुगेको छ ।

यूरोपका विभिन्न मुलुकबाट प्राप्त जानकारी अनुसार शनिबार पहिले चिसोका कारण १५ जनाको मृत्यु भएको थियो भने शनिबार थप तीन जनाको मृत्यु भएको छ ।

अहिलेसम्म चिसोका कारण स्पेनमा सबैभन्दा धेरै छ जनाको मृत्यु भएको बताइएको छ ।

त्यसैगरी चिसोका कारण जनजीवन प्रभावित बनेको आएरल्याण्ड, जर्मनी, इटाली, नर्वे, बेलायत, हङ्गेरी र सर्वियामा सार्वजनिक रूपमा सूचना जारी गरी सम्बन्धित मुलुकका प्रशासनले चिसोबाट बच्न सावधानी अपनाउन निर्देशन दिएका छन् ।

कतिपय देशहरूमा चिसो अझै बढ्ने क्रममा रहेको जानकारी बेलायती सरकारी सुरक्षा केन्द्रले बताएको छ । यद्यपि बेलायतका केही भागमा भने उल्लेख्य मात्रामा चिसो घटेको बताउँदै डवलिन र कर्कका विमानस्थल सुचालु भएका केन्द्रले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ