सैन्य कारबाहीमा ७० जनाको मृत्यु

सैन्य कारबाहीमा ७० जनाको मृत्यु

  • आइतवार, फाल्गुन २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

 

अफगानिस्तान, २० फागुन ।

अफगानिस्तानमा सरकारी सेनाले चलाएको सुरक्षा कारबाहीमा परी ५० जना सरकारविरोधी लडाकू तथा २० जना इश्लामिक स्टेट (आइएस) समूह आवद्ध लडाकूको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता जनरल मोहम्मद रादमनिषले आइताबार सञ्चारकर्मीहरूलाई बताउनुभयो, “शनिबार र आइतबार देशका विभिन्न भागमा सञ्चालन गरेका सुरक्षा कारबाहीमा ५० जना आतङ्ककारी तथा २० जना आइएस लडाकूको मृत्यु भएको छ ।”

“उक्त भडपहरूमा २७ जना विद्रोही शख्त घाइते भएका छन्,” उहाँले थप्नुुभयो ।

अधिकारीका अनुसार २० जना आइएस विद्रोहीको अफगानिस्तानको उत्तरी जाज्जन प्रान्तको दारजव क्षेत्रमा भएको भिडन्तमा मृत्यु भएका हो । उक्त घटनामा कैयौँ विद्रोही घाइते बनेका थिए ।

सरकारले हवाई आक्रमणको साथसाथै स्थल सेनाको आक्रमणलाई सञ्चालन गरेको र छोटो समयमा विद्रोहीलाई जाज्जन क्षेत्रबाट धपाएको जनाएको छ ।

यसबारे तालिवानी विद्रोही तथा आइएस समूहबाट कुनै प्रतिक्रिया आइनसकेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ