जनमुक्ति सेनाले सहादत प्राप्त गरेको पाँचथरको मेहेलबोटेलाई नमूना वस्ती बनाउने: आङबो

जनमुक्ति सेनाले सहादत प्राप्त गरेको पाँचथरको मेहेलबोटेलाई नमूना वस्ती बनाउने: आङबो

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

पाँचथर, १९ फागुन ।
प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी बजेट कृषि र युवा वर्गलाई केन्द्रमा राखेर ल्याइने बताउनुभएको छ ।

गृहजिल्ला पाँचथर सदरमुकाम फिदिममा आज पत्रकारसँग कुरा गर्दै मन्त्री आङबोले युवालाई स्वरोजगार बनाउने र कृषिलाई आधुनिकीकरण गरेर निम्नस्तरका जनताको आर्थिक अवस्थालाई उठाउने किसिमको बजेट आउने स्पष्ट पार्नुभयो ।

मन्त्री आङबोले प्रदेश–१ को मेरुदण्डको रुपमा रहेको रानी–किमाथाङा सडक र केचना–ओलाङचुङ मार्गलाई पूर्णता दिनुपर्ने बताउनु भयो ।

एकैपटक धेरैजना तत्कालीन जनमुक्ति सेनाले सहादत प्राप्त गरेको पाँचथरको मेहेलबोटेलाई नमूना वस्तीको रुपमा विकास गर्ने निर्णय भइसकेको उहाँले बताउनुभयो ।

मन्त्री आङबोले जनयुद्धको समयमा बलिदान गर्नेको परिवारलाई संगठित गर्ने उद्देश्यले आफ्नो पहिलो महिनाको तलब पाँचथरमा शहीद परिवार समाज स्थापनार्थ खर्च गर्ने घोषणा समेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी