बुर्किना फासोमा आतंककारी आक्रमण हुँदा १६ जनाको मृत्यु, ८० जना घाईते

बुर्किना फासोमा आतंककारी आक्रमण हुँदा १६ जनाको मृत्यु, ८० जना घाईते

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी ,फागुन १९ । अफ्रिकी मुलुक बुर्किना फासोको राजधानी औगादोगुमा रहेको फ्रान्सेली दूतावास र सैन्य मुल्यालयलाई लक्षित गर्दै भएको आतंककारी आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।

आक्रमणमा ८ सुरक्षाकर्मी र ८ आक्रमणकारी गरी १६ जनाको मृत्यु भएको छ ।

घटनामा सर्वसाधारणसहित ८० जना घाइते भएका छन् । बुर्किना फासोका सुरक्षामन्त्री क्लेमेन्ट सावाडोगोले सैन्य मुख्यालयमा क्षेत्रीय आतंकवाद नियन्त्रणसम्बन्धी बैठक भइरहेका बेला आत्मघाती कार बम आक्रमण भएको बताए ।

आक्रमणबाट सैनिक मुख्यालयमा केही क्षति भएको छ । फ्रान्सका विदेशमन्त्री जेन–एभ्स–ले ड्रायनले पनि यो आतंककारी घटना नै भएको बताएका छन् । उनले घटनामा संलग्नहरुको तत्काल पहिचान गरिने बताएका छन् ।

बुर्किनाफासोको राजधानीमै दुई वर्षभित्र भएको यो तेस्रो आतंककारी आक्रमण हो । यसअघिका दुई वटा घटनामा इस्लामिक अतिवादी समूहको संलग्नता रहेको खुलासा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ