अबदेखि बैंकहरुले बचतको ब्याजदर ८ प्रतिशतभन्दा बढी नदिने

अबदेखि बैंकहरुले बचतको ब्याजदर ८ प्रतिशतभन्दा बढी नदिने

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, फागुन १९ । बचतको ब्याजदर घटाएर ८ प्रतिशतमा सिमित गर्न बैंकहरु सहमत भएका छन् ।
नेपाल बैंकर्स संघको राजधानीमा बसेको बैठकमा ब्याजदर घटाउन बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहमत भएका हुन् ।

बैंक बचतको ब्याजदर ८ प्रतिशतभन्दामाथि नदिने सहमति भएको हो ।

लगानीमैत्री वातावरणका लागि बचतको ब्याजदर ८ प्रतिशतमाथि नदिने सहमति भएको संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

बचत र मुद्दति निक्षेप खाताबीचको ब्याज अन्तर निक्कै नै कम भएको भन्दै उनले त्यसमा पनि निश्चित अन्तर कायम गर्ने भन्नेमा सहमति भएको बताए ।

बचतको ब्याजदर मुद्दति निक्षेपकोभन्दा एक प्रतिशत विन्दुलेमात्र कम भएपछि बैंकहरुले यस्तो सहमति गरेका हुन् ।

यसअघि, मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा बढी नदिने सहमति उनीहरुले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ