फेरि हराए अर्का विद्यार्थी: ज्योतिषले भन्छन् , ‘बच्चा जंगलतिरै छ’

फेरि हराए अर्का विद्यार्थी: ज्योतिषले भन्छन् , ‘बच्चा जंगलतिरै छ’

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

ललितपुर, फागुन १९ । फुलचोकीमा हिउँ खेल्न गएका विद्यार्थी जोन तामाङ हराएको घटना सेलाउन नपाउँदै शैक्षिक भ्रमणमा गएका ललितपुरकै अर्का विद्यार्थी शुक्रबार हराएका छन् ।

बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा आधारभूत विद्यालयमा कक्षा पाँचमा पढ्ने बुद्धबहादुर थिङ काठमाडौंको स्वयम्भूबाट हराएका हुन् । यो स्कुल सरकारी हो ।

छाउनीस्थित संग्रहालय अवलोकन सकेर स्वयम्भू भ्रमणमा गई फर्कने क्रममा थिङ हराएको विद्यालयका प्रधानाध्यापक सीताराम चौरेलले बताए ।

उनका अनुसार विद्यालयले कक्षा चारदेखि आठसम्म अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहित ५९ जनालाई स्वयम्भू भ्रमणमा लगेको थियो । उक्त विद्यालयमा कक्षा आठसम्म मात्र पढाइ हुन्छ ।

‘सुरुमा छाउनी संग्रहालयको भ्रमण सक्यौं । त्यसपछि स्वयम्भू गयौं । त्यहाँको पनि भ्रमण सकेर बस चढ्ने बेला विद्यार्थी गणना गर्दा थिङलाई देखेनौं’, प्रधानाध्यापक चौरेलले भने, ‘सँगै घुम्न गएका अरू विद्यार्थीसँग कुरा गर्दा स्वयम्भूको टापुमा रहेको पानीको तालमा सिक्का फाल्ने ठाउँसम्म उनी साथैमा रहेको जानकारी पायौं तर अलि तल आएर बस चढ्ने बेला देखेनौं ।’

स्वयम्भूको टुप्पोबाट तल ओर्लनका लागि धेरै बाटो रहेकाले बाटो बिराएर थिङ हराएको हुन सक्ने विद्यालयले अनुमान गरेको छ । थिङ हराउनेबित्तिकै शिक्षकहरूले बालबालिका खोजतलास केन्द्र र प्रहरीलाई खबर गरेका थिए ।

बच्चा हराएको दिउँसो चार बजेतिर थाहा पाएपछि उनीहरूले प्रहरीलाई साढे चार बजेतिर खबर गरेका थिए । केही बेर आफैँ खोजबिनमा लाग्दा पनि विद्यार्थी फेला नपरेपछि उनीहरूले अभिभावकलाई पनि खबर गरिसकेका छन् ।

शुक्रबार रातिसम्म प्रधानाध्यापकसहित अन्य चार जना शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितको टोलीले खोजी गरिरहेको छ ।

विद्यार्थीबारे केही जानकारी नपाएपछि उनीहरूले ज्योतिषीलाई समेत हेराएका थिए । ‘ज्योतिषीले स्वयम्भूकै दक्षिणपूर्वको जंगलतिर बच्चा रहेको हुन सक्ने बताएका छन् । -अन्नपूर्ण पोष्ट दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ