जातीय द्वन्द्वका कारण ४० जनाको मृत्यु

जातीय द्वन्द्वका कारण ४० जनाको मृत्यु

  • शुक्रबार, फाल्गुन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

 

कंगो, १८ फागुन ।

लोकतान्त्रिक गणतन्त्र कंगो (डिआर कंगो)को माजेमा बिहीबार देखि शुक्रबार सम्म भएको भिडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

हेमा र लेन्डु नाम गरेका दुई जातिकाबीचमा इतुरी प्रान्तमा अन्तरजातीय भिडन्त भएको सुरक्षाकर्मी र स्थानीय श्रोतले जनाएका छन् ।

श्रोतका अनुसार मारिएका मध्ये अधिकांश हेमा जातीय समुदायका रहेका छन् । उनीहरूलाई लेन्डु आक्रमणकारीरूले एक्कासी रातको समयमा गाँउमै गएर आक्रमण गरेका थिए ।

घटनास्थलमा पूर्ण शान्ति सुरक्षा कायम गर्न सुरक्षा अधिकारीहरुको बैठक बसेको इतुरी प्रान्तका गभर्नरले सिन्ह्वालाई जानकारी दिनुभयो ।

“आक्रमणमा परी मारिएकाहरूको शव अहिले सम्म पनि माजेको घटनास्थलमै छ, अन्त्येष्टि गर्नु अघि केन्द्रीय सरकारका मानवीयता सम्वन्धी मन्त्रीले घटनास्थलमै गएर शवहरु अवलोकन गर्नुहुने छ भन्ने हामीले चाहेका छौं,” इतुरी नागरिक समाजका अध्यक्ष जेअन बोस्को लालोले भन्नुभयो ।

दुई महिना अगाडी देखि भएको हेमा र लेन्डु दुई जात बिचको भिडन्तका क्रममा यसअघि एक सय भन्दा बढीको मृत्यु भएको छ । सदरमुकाम तय गर्नसम्बन्धी विवादका कारण उनीहरूबीचमा भिडन्त हुदै आएको छ ।
बेला बेलामा भइरहने भिडन्तमा परी हजारौ घरहरु जलाइएका छन् भने ६० हजार भन्दा बढी स्थानीय बासिन्दा बुनिआ तर्फ विस्थापित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ