सुधार केन्द्रमा आगलागी हुदाँ २५ को मृत्यु

सुधार केन्द्रमा आगलागी हुदाँ २५ को मृत्यु

  • शुक्रबार, फाल्गुन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

 

बाकु, १८ फागुन ।

अजरबैजानको राजधानी बाकुमा रहेको लागु औषध दुव्र्यसनी सुधार केन्द्रमा शुक्रबार भएको आगलागीमा परी २५ जनाको मृत्यु भएको छ ।

आगलागी नियन्त्रण गर्न र आगलागीमा परेकाहरुलाई उद्धार गर्न उद्धारकर्ताहरुलाई झण्डै तीन घण्टा लागेको समाचारमा जनाइएको छ ।

राष्ट्रपति इल्हाम अलियेभीले घटनाका बारेमा छानविन गरेर दोषीलाई कारबाही गर्न सिफारिस गर्न एक सरकारी आयोग गठन गर्नु भएको छ ।

उहाँले मृतकका परिवारजनलाई केही आर्थिक राहतको व्यवस्था गर्न पनि निर्देशन दिनु भएको अधिकारीले जनाएका छन् ।

“स्थानीय समय अनुसार विहान ६.१० मा आगलागी भएको यहाँको विपद् व्यवस्थापन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जलेर गम्भीर घाइते भएकामध्ये चार जनालाई अस्पताल भर्ना गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ