५५ चालक एकै दिन पक्राउ, यस्ताे छ कारण

५५ चालक एकै दिन पक्राउ, यस्ताे छ कारण

  • शुक्रबार, फाल्गुन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

नुवाकोट, १८ फागुन ।

तोकिएको चालक अनुमतिपत्रविना मिनीट्रक चलाएको भन्दै नुवाकोट प्रहरीले ५५ चालकलाई आज एकै दिन नियन्त्रणमा लिएर जरिवाना गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा जाँचचौकी राखी सवारीसाधन जाँच गर्ने क्रममा आइचर मिनीट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हल्का सवारीसाधन चलाउने अनुमतिपत्र लिएका चालकले हेभी भेइकल चलाएकाले गाडीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

नियन्त्रित चालकलाई रु दुई हजार जरिवाना गरी पहिलो पटकलाई छाडिएको प्रहरीले जनाएको छ । आज नियन्त्रणमा लिइएका चालक र गाडीको लगत राखी आगामी दिनमा यस्तै गल्ती दोहो¥याएमा सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइने प्रहरीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ