नेकपा महासचिव विप्लवलाई गिरफ्तार गर्न देशैभरि प्रहरीको सर्कुलर

नेकपा महासचिव विप्लवलाई गिरफ्तार गर्न देशैभरि प्रहरीको सर्कुलर

  • शुक्रबार, फाल्गुन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

१८ फागुन,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका विप्लवलाई गिरफ्तार गर्न प्रहरीले देशैभर सर्कुलर जारी गरेको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा चुनावका बेला भोजपुरमा बम बिस्फोट गराएको भन्दै प्रहरीले विप्लव लगायत १८ जनालाई विपक्षी बनाएर बिस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको छ ।

गत कात्तिक २८ गते भोजपुरमा पूर्वसञ्चारमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण भएको र जिल्लाका अन्य भागमा पनि बिस्फोट गराएको भन्दै सो मुद्दामा जिल्ला अदालत भोजपुरले विप्लवलाई पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतको आदेशअनुसार विप्लवलाई पक्रन प्रहरीले देशैभरि सर्कुलर जारी गरेको भोजपुर प्रहरी प्रमुख डीएसपी दीपेन्द्र पन्जियारले बताए ।

अदालतले उपस्थित गराउन भन्दै पत्र काटेको छ, त्यसैका आधारमा हामीले चन्दलाई खोजी गरेका छौं । गृहजिल्ला कपिलवस्तुमा पनि पक्राउ पुर्जी पठाइएको छ र देशैभर अदालतको सो पक्राउ पठाइएको छ, उनले भने ।

आइतबार सोही मुद्दाका भोजपुरका उद्धव बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो । डवलिबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ