कञ्चनपुर, फागुन १८ । कञ्चनपुरमा बिहीबार राति भारतीय जिपको ठक्करबाटस्थानीय एकजनाको मृत्यु भएपछि आफन्त तथा स्थानीयवासीले सडकमै शव राखेर विरोध प्रदर्शन गरेका छन् ।
प्रशासनको लापरवाहीका कारण दुर्घटना बढेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।
महेन्द्रनगर–गड्डाचौकी सडक खण्डको बनगाउँमा राति दुर्घटना भएको थियो । भारतबाट गड्डाचौकी नाका हुँदै महेन्द्रनगर बजार आउँदै गरेको युके ०३– ७१०१ नम्बरको भारती जिपले ठक्कर दिदा भिमदत्त नगरपालिका–६ का ४५ वर्षीय मोहन चन्दको घटनास्थलमै मृत्यु भएको हो ।
जिप र जिपमा सवार ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर जिपका चालक फरार भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline