नाता प्रमाणितको काम लिएर नगरपालिकाको वडा कार्यालयमा पुगका सेवाग्राहीबाट वडाअध्यक्षले एक विघा जग्गा घुस मागेका छन् । नाता प्रमाणित गर्न यति ठूलो घुस मागेको सयअघि सार्वजनिक भएको थिएन । सम्भवत यो अहिलेसम्मकै ठूलो घुस हो ।
कपिलवस्तुका एक वडाअध्यक्षले सबैभन्दा ठूलो घुस मागेर नयाँ रेकर्ड बनाएका छन् । उनले सेवाग्राही महिलासँग एक विघा जमिन घुस मालगेका छन् । कृष्णनगर नगरपालिका-६ का वडाध्यक्ष देवानन्द शुक्लाले नाता प्रमाणितको लागि एक विघा जग्गा मागेका हुन् ।
अध्यक्ष शुक्लाले एक विघा जग्गा नदिएको भन्दै कर्मागाउँकी दुलारमती कुर्मीको नाता प्रमाणित गरेका छैनन् । अाफू एक विघा जग्गा दिन नसकेपछि अध्यक्ष शुक्लाले नाता प्रमाणितको काम हुन नगरेको पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका छन् ।