माओवादी नेता रावलको निधन

माओवादी नेता रावलको निधन

  • बिहिबार, फाल्गुन १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

१७ फागुन,काठमाडौं । केहि समयदेखि बिरामि रहेका नेकपा माओवादी केन्द्रका नेता झंकर रावलको निधन भएको छ ।

अछामको कम्युनिस्ट आन्दोलनका संस्थापकमध्येका एक रावलको आज उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो ।

दोस्रो संविधानसभा निर्वाचनमा अछाम क्षेत्र नम्बर दुईबाट चुनाव लडेका रावल लामो समयदेखि किड्नी, सुगरलगायतका रोगबाट पीडित थिए ।
हक्की स्वभावका रावलले कम्युनिस्ट आन्दोलनमा इमान्दार र स्वाभिमानी नेताको छवि बनाएका थिए ।
रावलको भोली शुक्रबार अन्त्यष्टी गरिने मनोज रावलले जानकारी दिए । माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेका रावलको अन्त्यष्टीमा माओवादी केन्द्रका अध्यक्षसहितका नेताहरु सहभागी हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ