संविधान संशोधनको विषयमा आज पनि भएन सहमति

संविधान संशोधनको विषयमा आज पनि भएन सहमति

  • बिहिबार, फाल्गुन १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं फागुन १७ ।
एमाले माओवादी गठबन्धन र संघीय समाजबादी फोरमबीच संविधान संशोधनका विषयमा आज भएको छलफल सहमति नजिक पुगेको छ ।

आज बिहान प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको त्रिपक्षीय छलफलमा संविधान संशोधनका विषयमा मौखिक सहमति भएपनि त्यसलाई लिखित सहमति गर्न समय लाग्ने भएकाले आजै सहमति हुन नसकेको वार्तामा सहभागि संघीय समाजावादी फोरमका नेता राजेन्द्र श्रेष्ठले बताउनु भएको छ ।
उहाका अनुसार त्रिपक्षीय छलफलमा उठेका मुद्धाहरुलाई तीनवटै पार्टीले आ–आफ्नो पार्टीमा अनुमोदन गराएर सहमतिलाई लिपिबद्ध गरिनेछ । बालुवाटार बैठकपछि तीनवटै पार्टीका नेताहरु आन्तारिक छलफलमा भने जुटिरहेका छन् ।

फोरमले संविधानको धारा २७४ लाई संशोधन गर्नुपर्ने अडान राख्दै आएको छ । यसअघि लगातार फोरम र एमाले माओवादीबीच भएको छलफलमा बिहीबार सहमतिमा हस्ताक्षर गरिने नेताहरुले बताएका थिए ।

आजको छलफलमा संविधान संशोधन, मन्त्रालय बाँडफाँड लगायतका विषयमा पनि छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ