यसकारण सी जिनपिङलाई चीनले बनायो शक्तिशाली

यसकारण सी जिनपिङलाई चीनले बनायो शक्तिशाली

  • बिहिबार, फाल्गुन १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

चीनको सत्तारूढ कम्युनिष्ट पार्टीले दुई कार्यकाल मात्रै राष्ट्रपति बन्न पाउने संविधानको व्यवस्था हटाउन प्रस्ताव गरेको छ। यो प्रस्ताव बहालवाला राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकाल पनि राष्ट्रपतिमा कायम राख्न गरिएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको यो कदमले राष्ट्रपति सीलाई अहिलेको दोस्रो कार्यकाल सकिएपछि पनि पदमा निरन्तरता दिन बाटो खोल्ने भएको छ। चिनियाँ राजनीतिमा यसलाई माओ त्सेतुङको पालापछि एउटा महत्वपूर्ण र निर्णायक घडीका रूपमा हेरिएको छ। सीलाई दोस्रो कार्यकालमा निरन्तरता दिने निर्णयसँगै चिनियाँ नागरिकले यस्तो घोषणा हुन सक्ने अनुमान गरिसकेका थिए ।

राष्ट्रपति सी माओपछि चीनको राजनीतिमा सबैभन्दा प्रभावशाली व्यक्तिका रूपमा स्थापित भइसकेका छन्। पार्टी, सेना र व्यापारी वर्गले उनलाई बलियो समर्थन गरेका छन्। सीलाई चिनियाँ संस्थापक नेता माओ त्सेतुङपछिकै सबैभन्दा शक्तिशाली नेता ठानिएको छ ।

अहिले माओसँगै उनको तस्विर भएका ठुला ठुला होर्डिङ बोर्ड देशभर देख्न सकिन्छ । अर्कातिर उनका तस्बिर अंकित सामाग्री पनि बजारमा बिकाउको बस्तु बनिसकेका छन् ।

केही हप्ता यता करिब ८० करोड चिनियाँ नागरिकले त्यहाँका टेलिभिजन कार्यक्रममा ‘चीनको नयाँ सोचको युग’ सम्बन्धी विज्ञापन चासोसाथ हेरे । दशकौंदेखि चीनमा शासन गर्दै आएको कम्युनिष्ट पार्टीले देशलाई विकासको एउटा उचाईमा लगिसकेको छ ।

सीको पाला भन्दा पहिले उच्च नेताहरूको हातमा निश्चित समयमात्रै सत्ताको बागडोर हुने गर्थ्यो। तर अब त्यो कुरा फेरिएको छ । सीले अब लामो समयसम्म चीनमा शासन गर्ने तय भइसकेको छ । गत वर्ष भएको चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलनमा सीको उत्तराधिकारी नचुनेबाटै यो कुराको पुष्टि भइसकेको थियो ।

चीनमा यसअघि एक दशकसम्म एउटाले नेतृत्व गरेपछि अर्को नेताको हातमा बागडोर गइजान्थ्यो । तर जब सीको उदय भयो त्यो कुरा पुरै फेरिएको छ । उनले राष्ट्रपति पद सम्हालेदेखि चीनका पुराना परम्परालाई भत्काइरहेका छन् ।

चीनको राष्ट्रपति निर्वाचित भएपछि भ्रष्टाचारविरुद्ध चालेको कदमले उनको लोकप्रियता ह्वात्तै बढायो । सीको त्यस कदमल घुस लिने र सार्वजनिक पदको दुरुपयोग गर्नेको सातो जान थाल्यो । सीको भ्रष्टाचारविरोधी अभियानका कारण त्यहाँका १० लाखभन्दा धेरै पार्टी प्रतिनिधिलाई अनुशासनमा बाँध्न सकियो ।

आफ्नो भ्रष्टाचारविरोधी अभियानकै क्रममा सीले राजनीतिक प्रतिद्वन्द्वीलाई पनि बढारे । अर्थात्, उनको विरोधमा निस्कने स्वर पनि सामसुम भए । सी माथि शंका उपश‌ंका गर्ने सबै आवाज पुरै दबाइयो ।

पद सम्हालेदेखि नै राष्ट्रपति सीले देश विकासका लागि आफ्ना राजनीतिक विचार साफ र स्पष्टसँग राखे । जसले चिनियाँ जनतालाई ‘कन्भिन्स’ गर्न सहज भयो ।

चीनलाई महाशक्तिको बाटोमा लैजाने क्रममा सीले नयाँ नयाँ विधि अपनाए । उनले अन्तर्राष्ट्रिय व्यापार बढाएर चीनको प्रभाव सं‌सारभरी पुर्‍याउन ‘वान बेल्ट वान रोड’ नामको महत्त्वाकांक्षी परियोजना अघि सारे । यो परियोजनामा अहिलेसम्म विश्वका ६८ भन्दा धेरै देशले हस्ताक्षर गरिसकेका छन् ।

सीले आफ्नो महत्वाकांक्षी योजना अन्तर्गत सन् २०२० सम्ममा देशबाट गरिबी हटाउने घोषणा गरिसकेका छन् । चीनमा महत्वाकांक्षीय परियोजना थालेर विश्वमा प्रभाव बढाइरहेका सीले देशमा पनि अब तेस्रो कार्यकालका लागि धेरै मेहनत गर्नु नपर्ने भएको छ । अब उनी कम्तिमा १० वर्षसम्म चीनको शासककारुपमा रहनेछन् ।

सी जिनपिङको शक्तिकै कारण अहिलेसम्म उनको उत्तराधिकारी पनि छानिएको छैन । यसो गर्नु भनेको उनी अझै चिनियाँ सत्तामा रहिरहने प्रयास हो । उनको शक्तिकै कारण पाँच वर्षपछिका उनका उत्तराधिकारीबारे कसैले अनुमान लगाउने अवस्था छैन ।

गत अक्टोबरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले चीनमा जारी परम्परा भत्काउँदै सीको उत्तराधिकारीका रूपमा कसैलाई अघि सारेन । त्यहीँदेखि सीले चीनमा अझै कयौँ वर्ष प्रभाव जमाएर सत्ताको बागडो सम्हालिरहने अनुमान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी