वाम गठबन्धन र फोरमसँग बिहीबार बिहान ९ बजे पुनः बैठक बस्ने

वाम गठबन्धन र फोरमसँग बिहीबार बिहान ९ बजे पुनः बैठक बस्ने

  • बुधबार, फाल्गुन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

 

काठमाडौँ, १६ फागुन। 

सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच आज सहमति हुन सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र फोरमका अध्यक्ष उपेन्द्र यादवसहित आज साँझ बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्ष पुग्न नसकेको हो ।

बैठकपछि नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले फोरमसँग संविधान संशोधन गरेर सरकारमा सहभागिताबारे सहमति जुटाउनका लागि बसेको बैठक सकारात्मक रहेको र थप छलफल गर्नुपर्ने भएकाले भोलि बिहान ९ बजे बालुवाटारमा बैठक बसी निष्कर्षमा पुग्ने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी