मुम्बई, १६ फागुन ।
गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ ।
भारतीय शहर मुम्बइमा उहाँलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए ।
विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उहाँको शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लगिएको थियो । शवयात्राका कारण लामो समय मुम्बईको सडकमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो भने अन्त्यष्टीस्थलसम्म पुग्न झण्डै दुई घण्टा लागेको थियो ।
दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उहाँको पार्थिव शरीरलाई मङ्गलबार अबेर राति मात्र दुबईबाट मुम्बई ल्याइएको थियो ।
सोमबार दुबई सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘बाथ टब’मा डुबेर भएको जानकारी गराएको छ ।
आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन ५४ वर्षीया श्रीदेवी संयुक्त अरब इमिरेट्स जानु भएको थियो ।
सन् २०१३ मा भारत सरकारले उहाँलाई देशकै चौँथो ठूलो नागरिक सम्मान पद्मश्रीबाट विभूषित गरेको थियो । श्रीदेवीले करिब तीन सय चलचित्रमा अभिनय गर्नुभएको छ ।
श्रीदेवीकाे जन्म एक तमिल परिवारमा भएको थियो । अन्तिम विदाईको दौरान उहाको सरीरमा दक्षिण भारती परम्परागत सुनका गरगहना बात सुसज्जित गरिएको थियो । गलामा लागिएको लंग नेकपीस (टेंपल ज्वैलरी) को बारेमा कुरा गर्दा यो दक्षिण भारतीय शैलीमा खास मुख्य आभूषण मानिन्छन् ।
यसैकारण भनिन्छ कि यसको ऐतिहासिक महत्व यसकारण राख्दछ कि मन्दिरहरुमा देवी-देवताको आकृहरुले सजाएको यसकिसिमको गरगहनालाई पहिला पहिला मन्दिरहरुमा नृत्य गरिदा धारण गर्ने गर्दथियो ।पछि गएर यो परम्परागत गहना जस्तै महिलाहरुले पहिरामा रुचि बढाउदै चलन शुरू भयो । यो टेंपल गहना आभूषण अहिलेपनि आफ्नो प्राचीन रूपमा नै चलन चल्तीमा रहेको छ ।
टेंपल गहना आभूषणलाई दक्षिण भारतमा नाक्शी ज्वैलरीको नामले परिचित रहेको पाइन्छ । यसमा देवी-देवताहरुको सुन्दर आकृतिहरु कुदिएको हुन्छ । टेंपल गहना गलामा बाहेक अन्य अंगहरुमा जस्तै कम्मर ,सिउदो लगाएत पनि धारण गर्नका लागि बनाइएको हुन्छ । त्यस मध्यमा कर्णफूल सबैभन्दा लोकप्रिय रहेको पाइन्छ ।