काठमाडौं, फागुन १६ ।
समसामायिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न राष्ट्रिय जनता पार्टी राजपा अध्यक्ष मण्डलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबरेमा बस्ने बैठकमा सरकारमा सहभागिताका लागि संघीय समाजवादी फोरमले अघि सारेको संविधान संशोधनको माग लगायत बिषयमा छलफल हुनेछ ।
आफ्ना मुद्दामा एमालेले सहमति जनाए सरकारमा सहभागि हुने फोरमले बताएपछि राजपाले त्यसबारे चासो व्यक्त गरेको छ । राजपाले मधेसका माग विपरित कुनै पनि सम्झौता मान्य नहुने स्पष्ट पारेको छ ।
राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले मधेश मुद्दामा आफूहरु पनि स्टेकहोल्डर भएको भन्दै त्यसमा राजपालई बाहिर राखेर हुने कुनै पनि सम्झौता स्वीकार्य नहुने बताउनुभयो । आजको बैठकमा प्रदेश नम्बर २ मा मन्त्री चयनको बिषयमा समेत छलफल हुने उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline