सामान्य रुपमा बढ्यो धितोपत्र बजार

सामान्य रुपमा बढ्यो धितोपत्र बजार

  • मङ्लबार, फाल्गुन १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, १५ फागुन ।
लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज भने उकालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार आज ५.८६ बिन्दुले उकालो लागेर एक हजार ३६४ बिन्दुमा पुगेको छ ।
‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.५१ बिन्दुले उकालो लागेर २८९.१६ बिन्दुमा पुगेको छ ।

आज कूल १५३ कम्पनीको ११ लाख ५१ हजार ९६५ कित्ता शेयर रु ५५ करोड ६८ लाख ६० हजार ३५७ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक र कारोबार रकममा बढोत्तरी भए पनि उपसूचक भने केही घटेका छन् भने केही बढेका छन् ।

बैंकिङ ५.८६, होटल ३१.२६, फाइनान्स ३.०३, अन्य ११.९ र माइक्रोफाइनान्स ०.९८ बिन्दुले उकालो लागेको छ ।

यस्तै विकास बैंक ०.३७, जलविद्युत् १.१६, बीमा २.६२ र उत्पादन समूह १०.४१ बिन्दुले ओरालो लागेको छ । लगानीकर्तामा सरकार विस्तारपछि सामान्य रुपमा प्रभाव पर्दा बजार केही उकालो लागेको जानकारहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ