सरकारलाई आर्थिक रुपान्तरण प्रथामिकतामा राख्न आग्रह

सरकारलाई आर्थिक रुपान्तरण प्रथामिकतामा राख्न आग्रह

  • मङ्लबार, फाल्गुन १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

 

काठमाडौँ, १५ फागुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकमा स्थायित्व र जनताको समृद्धिका लागि वर्तमान सरकारलाई आफूले सहयोग गर्ने बताउनुभएको छ ।

करिब तीन साता लामो भारतको भ्रमणपछि आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा अध्यक्ष राणाले सरकारको सफलताको कामना गर्दै सामाजिक र आर्थिक रुपान्तरणका कार्यलाई सरकारले प्रथामिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

भारत भ्रमणका क्रममा स्वास्थ्य उपचारका साथै महत्वपूर्ण नेताहरुसँग भएको छलफलमा नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई जनस्तरमा कायम गरी द्विपक्षीय हितमा दीर्घकालीन योजना सञ्चालन गर्न अध्यक्ष राणाले आग्रह गरेको जानकारी दिनुभयो ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनयरसँग समेत भेट भएको बताउँदै उहाँले नेपालमा अहिले स्थिर सरकार निर्माण भएको हुँदा लगानीका लागि उचित वातावरण रहेकाले त्यसतर्फ ध्यानाकर्षण गरेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी