काठमाण्डौ , १५ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले आफ्नो संगठनका महासचिव दिपेन्द्र चलाउनेलगायतका नेता–कार्यकर्तालाई रिहाइ नगरेको भन्दै संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले आज विज्ञप्ति जारी गर्दै देशव्यापी विरोध प्रदर्शनदेखि आम हड्तालसम्मको कार्यक्रम घोषणा गर्नुभएको हो ।
संघर्षका कार्यक्रमहरू अन्र्तगत आगामि फागुन १६ गते बिरोध प्रर्दशन , साथै १७–१८ गते प्रचार प्रसार को कार्यक्रम गर्नै भएको छ ।
यस्तै फागुन १९ गते राष्ट्रिय सम्मेलन र २० गते शैक्षिक हडताल गर्नै जारी बिज्ञप्तिमा जनाईएको छ ।
अध्यक्ष सिंहले महासचिव चलाउने, सचिवालय सदस्य गणेश रैकाल, केन्द्रीय सदस्य सन्तोषी भट्टराईलगायतका ओली सरकारले गुण्डागर्दी शैलीमा गरिएको गिरफ्तारी निन्दा गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘समाजिक दलाल पुँजीवादी सत्ताको तुच्छ हर्कतले उनीहरूले दुहाई दिंदै आएको कथित लोकतन्त्रको मुखुण्डो धुजाधुजा भएको छ ।’
उहाँले विनाकारण गिरफतार परेका आफना नेता तथा कार्यकर्ता लाई विनासर्त रिहाईको माग पनि गरेको छ । दलाल सरकारले विनाकारण आफना नेता कार्यकर्ता गिरफतार गरी नागरीकको अधिकारमाथि हनन गरेको प्रति उहाँले आपत्ति जनाउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline