महिलाले आर्थिक सामाजिक अधिकार पाए पनि कार्यान्वयनको अवस्था छैन

महिलाले आर्थिक सामाजिक अधिकार पाए पनि कार्यान्वयनको अवस्था छैन

  • सोमवार, फाल्गुन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, १४ फागुन ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापामगरले महिलालाई शिक्षामा सबल गराएमात्र समाजले समृद्धि हासिल गर्ने बताउनुभएको छ ।

डिल्लीबजार कन्या क्याम्पसको ३८औँ वार्षिकोत्सका अवसरमा उहाँले महिला शिक्षामा सबल नभएसम्म सिङ्गो समाज पनि सबल नहुने बताउनु भयो ।

समाज परिवर्तन गर्न महिलाको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले महिलालाई शिक्षा प्रदान गर्न कुनै कमी नराखिने बताउनुभयो ।

मन्त्री थापाले मुलुकको विकासका लागि राज्यका सम्पूर्ण तहमा महिलाको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो ।

उहाँले धेरै संघर्ष गरेर महिलाले आर्थिक सामाजिक अधिकार पाए पनि कार्यान्वयनको अवस्था भने नभएको उल्लेख गर्नुभयो ।

मन्त्री थापाले विगतमा राजनीतिक अस्थिरताले शिक्षामा विकृति देखिएकाले अबको बहुमतको सरकारले शिक्षाका ठोस नीति ल्याई अघि बढ्नेसमेत बताउनुभयो ।

कार्यक्रममा क्याम्पस सञ्चालन समितिका सदस्य सावित्री भुसालले महिला शिक्षालाई जोड दिएर समग्र महिलालाई समाज परिवर्तनमा लगाउनुपर्ने बताउनुभयो ।

शिक्षामा महिलाको पहुँच पु¥याउने उद्देश्यले २०३७ सालमा उक्त क्याम्पस स्थापना गरिएको थियो । अहिले स्नातकतर्फ मानविकी, व्यवस्थापन, शिक्षा संकाय र स्नातकोत्तरतर्फ मानविकी संकायमा अँग्रेजी र समाजशास्त्र तथा व्यवस्थापन संकायमा एमबिबिएस विषयमा करिब एक हजार विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

कार्यक्रममा दीर्घसेवाबाट माधव घिमिरे र ममता सिन्हा तथा उत्कृष्ट प्राध्यापकबाट रेशराज अधिकारी र कर्मचारीबाट सुमन कार्कीलाई पुरस्कृत गरिएको थियो ।

यसैगरी विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ