किन गरे रेशम चौधरीले आत्मसमर्पण ?

किन गरे रेशम चौधरीले आत्मसमर्पण ?

  • सोमवार, फाल्गुन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

कैलाली, फागुन १४ ।
राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित रेशम चौधरीले धनगढी जिल्ला अदालतमा आत्मसमर्पण गर्नुभएको छ ।

साढे २ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका चौधरी बिहान सवा १० बजे जिल्ला अदालतमा आफैं उपस्थीत हुनुभएको सात नम्बर प्रदेशका प्रहरी प्रमुख एआईजी माधवप्रसाद नेपालले जानकारी दिनुभयो ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उहाँ फररा हुनुभएको थियो ।

कैलाली १ बाट २० हजार मतान्तरमा प्रतिनिधिसभा सदस्य चयन भए पनि चौधरीलाई निर्वाचन आयोगले विजयी प्रमाणपत्र दिएको छैन । चौधरीले प्रमाणपत्र पाउन सर्वोच्च अदालतमा रिट दायरको प्रयास समेत गर्नुभएको थियो ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाइ गर्न नसकिने उल्लेख गर्दै दरपीठ गरेको आदेश दिनुभएको थियो ।

चौधरीले फरार अवस्थामा वारेसनामा मार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि रञ्जिता चौधरीलाई वारेस दिँदै प्रमाणपत्र लिन पठाएको र जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका थारु नेता लक्ष्मण चौधरी भने अहिले पनि जेलमै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ