प्रचण्डले बादललाई गृहमन्त्री बनाएकाे भन्दै वर्षमानले प्रचण्डलाई दिए यस्तो चेतावनी

प्रचण्डले बादललाई गृहमन्त्री बनाएकाे भन्दै वर्षमानले प्रचण्डलाई दिए यस्तो चेतावनी

  • सोमवार, फाल्गुन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

माअाेवादी केन्द्रमा गृहमन्त्रीलार्इ लिएर वरिष्ठ नेता रामबहादुर थापा बादल र वर्षमान पुन अनन्तबीच एक अापसकाे दाबीपछि ठूलाे लफडा सिर्जना भएकाे छ ।

बादलले गृहमन्त्रालयमा दावी पेस गरेपछि बर्षमान पक्ष आक्रोशित बनेको छ। लाभका पद पार्टी फुटाउन भुमिका खेल्ने नेताहरुलाई दिएको भन्दै उनले प्रचण्डलार्इ चेतावनी समेत दिएका छन्।

लाभका पदमा अहिले हिजो पार्टी फुटाउनेहरुको हालिमुहाली भएकाे, पार्टी फुटाउनेहरु अध्यक्षबाट पुरस्कृत भइरहेकाे भन्दै बर्षमानले प्रचण्डलार्इ बादललार्इ काखी नचेप्न धम्की दिएकाे बताइएकाे छ ।

‘बर्षमानजीहरुले अप्ठ्यारो अवस्थामा पार्टी र अध्यक्षका पक्षमा काम पनि गर्नु र आज उहाँहरु नै अपमानित हुनु त न्यायसंगत भएन, उहाँहरुले फुटाएपछि पार्टीको हालत के भयो भन्ने पनि ख्याल गर्नुपर्छ।’ पुन निकट एक नेताकाे अाक्राेश छ ।

प्रतिनिधि र प्रदेशसभामा पनि बादल पक्षकै हालिमुहाली रहेको भन्दै माओवादीभित्र बर्षमान पक्ष असन्तुष्ट छ। प्रचण्डले बादल समूहलाई महत्व दिएर विगतदेखि नै आफुलाई सहयोग गर्दै आएको समुहलाई पाखा लगाएको बर्षमानको थप अाक्राेश छ।

जनपाटीबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ