चितवनकाे बछौलीमा घरको भान्छामा अजिंगर पसेपछि…

चितवनकाे बछौलीमा घरको भान्छामा अजिंगर पसेपछि…

  • सोमवार, फाल्गुन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

चितवन, १४ फागुन।

चितवनको रत्ननगर नगरपालिका– ७ स्थित बछौलीको एक घरको भान्छामा पसेको दुर्लभ अजिंगरलाई उद्धार गरिएको छ ।राष्ट्रिय प्रकृति संरक्षण कोषका वन प्राविधिज्ञको टोलीले उद्धार गरेको उक्त अजिंगरलाई चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिनुभयो । उक्त घरका मानिसले खाना पकाउन जाने क्रममा अजिंगर देखेपछि खबर गरेका थिए ।
कतिपय स्थानीयले आफैँ समाएर ल्याउने गरेको र खबर गर्ने गरेको उनको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा यसरी दुर्लभ वन्यजन्तु बाहिर निस्किने गर्छन् । चितवन निकुञ्जले उद्धार गरी पुनः पुरानै वासस्थानमा फर्काउने गरेको सूचना अधिकारी नुरेन्द्र अर्यालको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ