राष्ट्रिय बीमा कम्पनीले १ सय २५ प्रतिशत बोनस दिने

राष्ट्रिय बीमा कम्पनीले १ सय २५ प्रतिशत बोनस दिने

  • आइतवार, फाल्गुन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, फागुन १३ ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई १ सय २५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ ।

तत्कालीन राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा विभागको १३४ औं बोर्ड बैठकले अहिले कायम २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजीमा १ सय २० प्रतिशत बोनस शेयर र ५ दशमलव २६ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

बोर्ड बैठकले आर्थिक वर्ष २०६७–२०६८ र २०६८–२०६९ को वित्तीय विवरण स्वीकृत पनि गरेको छ । बोर्ड बैठकले प्रस्ताव गरेको बोनस कम्पनीको २०६८–२०६९ सम्मको नाफाबाट वितरण गर्न लागेको हो । यो प्रस्ताव साधारणसभाबाट पारित हुन बाँकी छ ।

बोनश वितरणपछि कम्पनीको चुक्ता पुँजी ५८ करोड ६५ लाख नाघ्ने छ । बीमा समितिको निर्देशन अनुसार आगामी साउनसम्ममा निर्जीवन बीमा कम्पनीले चुक्ता पुँजी १ अर्ब रुपैयाँ र्पुयाउनु पर्ने छ । कम्पनीले आर्थिक वर्ष २०६९–२०७० देखिको नाफाबाट बोनश घोषणा गर्न बाँकी नै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी