फोनिज काठमाडौंद्वारा महिला पत्रकारहरु सम्मानित,‘महिलाका सुविधा सम्बन्धी सूचना’ सम्बन्धी पुस्तिका लोकार्पण

फोनिज काठमाडौंद्वारा महिला पत्रकारहरु सम्मानित,‘महिलाका सुविधा सम्बन्धी सूचना’ सम्बन्धी पुस्तिका लोकार्पण

  • शनिबार, फाल्गुन १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

१२ फागुन,काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं जिल्ला शाखाले १०८औं नारी दिवसको सन्दर्भ पारेर तीन जना महिला पत्रकारहरुलाई सम्मान गरेको छ ।
शनिबार काठमाडौंमा ‘आदिवासी जनजाति महिला पत्रकार भेला तथा सम्मान’ कार्यक्रमको आयोजना गरी पत्रकारिता क्षेत्रबाट निरन्तर रुपमा आदिवासी जनजाति महिलाको मात्र नभई सिंगो महिलाको हक, अधिकार र समृद्धिका विषयमा कलम चलाएर महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै ति महिला पत्रकारहरुलाई सम्मान गरिएको हो ।
शाखाले प्रविण गोले, अनिता महर्जन र लोगशरी कुवँरलाई सम्मान गरेकाे हाे । कुवँर सुदूरपश्चिमको कैलालीबाट प्रकाशित हुने मर्निङ् बेल दैनिकका सम्पादक हुन् भने महर्जन र गोले शारीरिक अपांगता भइकन पनि पत्रकारिता क्षेत्रमा क्रियाशील आदिवासी जनजाति महिला पत्रकार हुन् । तीन जनालाई जनही पँच हजार रुपैयाँ नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त यशोदा तिम्सिनाले तीनै जनालाई दोसल्ला ओढाई नगद तथा सम्मानपत्र प्रदान गरेकी थिइन् ।


कार्यक्रममा सूचना आयोगद्वारा प्रकाशित राज्यद्वारा प्रदत्त ‘महिलाका सुविधा सम्बन्धी सूचना’लाई वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरद्वारा अनुवादित मिसापिनी सुविधा सम्बन्धी सुचः’ नेवारी भाषाको पुस्तिकाको आयुक्त तिम्सिनाले लोकार्पण गरिन् ।


त्यस्तै सोही कार्यक्रममा अन्य आठ जना व्यक्तिहरुलाई पनि कदरपत्र प्रदान गरियो । आदिवासी जनजातिलाई मात्र नभई सिंगो पत्रकारिता क्षेत्रलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउँदै आइरहेका सुरेशकिरण मानन्धर, कृष्णकुमार श्रेष्ठ, रविन्द्र ताम्राकार, केदारमान भण्डारी, रहमतुल्लाह मियाँ, इजम लिम्बू तथा जगदम्बा ओभरसिजलाई कदरपत्र प्रदान गरिएको थियो ।
भेलामा काठमाडौं फोनिजको तर्फबाट नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष समेत रहेकी सूचना आयुक्त तिम्सिनालाई पत्रकारिता क्षेत्रबाट निरन्तर महिलालाई सूचना हकमा पहुँच स्थापित गराउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाउँदै सम्मान प्रदान गरिएको थियो ।

सरकारी निकायदेखि लाइब्रेरीसम्मले नागरिकबाट माग भइआएको बखत बिनासर्त सूचना दिनुपर्ने कानूनी प्रावधान रहेकालगायतबारे भेलामा उपस्थित सहभागीलाई जानकारीमूलक भनाई राखेकी थिइन् । कार्यक्रमकी अध्यक्ष मीरा राजभण्डारी अमात्यले महिला पत्रकारहरु अझै पेशागत जोखिममा रहेको बताउँदै पत्रकारितामा रहेका हरेक पत्रकारले पेशागत मर्यादा र संहितालाई पालना गर्नुपर्ने बताइन् । साथै शाखा सचिव मानध्वज लामा’सागर’ले राज्यले पछिल्लो समयमा पत्रकारलाई झुठा आरोपमा पक्राउ गर्ने र मानसिक यातना दिने क्रम बढेको भन्दै तत्काल रोक्न र गिरफ्तार पत्रकारहरुलाई बिनासर्त रिहा गर्न सरकारसँग माग गरे ।

फोनिज काठमाडौंको आयोजना तथा राष्ट्रिय सूचना आयोगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, फोनिज केन्द्रीय संगठन सचिव मनोज घर्तीमगर, पत्रकारहरु दिपा आलेमगर, बाला अधिकारी, देवीका घर्तीमगर, क्रियाशील अमिका राजथला लगायतले पत्रकारहरुको अवस्था र व्यावसायिक सुरक्षा र चुनौतिबारे धारणा राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ