तालिवानी समूहको आक्रमणमा २२ अफगानी सैनिकको मृत्यु

तालिवानी समूहको आक्रमणमा २२ अफगानी सैनिकको मृत्यु

  • शनिबार, फाल्गुन १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

अफगानिस्तान, १२ फागुन।

तालिवानी समूहले अफगानिस्तानको पश्चिमी फराह राज्यमा रहेको सैनिक शिविरमा गरेको आक्रमणमा परी कम्तिमा २२ जना अफगानी सेनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।

तालिवानी समूहको सयौँको सङ्ख्यामा आएका सशस्त्र लडाकूले कानेस्क क्षेत्रमा रहेको शिविरमाथि एक्कासी आक्रमण गरेपछि दुई पक्षबीच शुक्रबार रातभर भीडन्त भएको र रातभरको लडाइमा केही सैनिक अधिकारीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता नसीर मेहरीले बताउनुभयो ।

उक्त भडपमा विद्रोहतर्फ पनि क्षतिभएको तर मृतक विद्रोहीलाई उनीहरूले नै बोकेर लगेकोले एकीन सङ्ख्या थाहा हुन नसकेको उहाँले सिन्ह्वा न्यूज एजेन्सीलाई बताउनुभयो ।

घटनास्थलमा थप आक्रमण हुनसक्ने सम्भावना नभएपनि सावधानीका लागि केही सुरक्षाकर्मीलाई त्यसतर्फ पठाइएको बताइएको छ ।

यसबारे तालिवान समूहको औपचारिक धारणा अहिलेसम्म पाउन सकिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ